Logo
Logo

कोरोनाबाट ८५ वर्षीया महिलाको मृत्यु, वीरगन्जमा अनिश्चितकालिन निषेधाज्ञा


- दृष्टि न्युज/संवाददाता

0
Shares

वीरगञ्ज, ९ साउन । वीरगञ्जमा शनिबार बिहान ५ बजेदेखि लागू हुने गरी अनिश्चितकालका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो ।
कोरोनाभाइरसको संक्रमण समुदायस्तरमा देखिन थालेपछि स्थानीय प्रशासनले राजनीतिक दल, ब्यवसायसहितको सर्वपक्षीय बैठक राखेर निषेधाज्ञा जारी गर्ने निर्णय लिएको हो ।
यता, शुक्रबार बिहान नारायणी अस्थायी कोरोना अस्पतालमा भर्ना भइ उपचार गराइरहेकी वीरगन्ज महानगरपालिका–११ निवासी ८५ वर्षीया महिलाको मृत्यु भएको छ । डा. निरज सिंहअनुसार ती बृद्ध महिला मुटुरोगी थिइन् । उनी निमोनिया भएर अस्पताल आएकी थिइन् ।
गत मंगलबार कोरोना अस्पतालमै उपचार गराइरहेका वीरगन्ज– ६ माईस्थानका ७० वर्षीय वृद्धको मृत्यु भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि ७० वर्षीय वृद्धको बिहीबार नेपाली सेनाले अन्तिम संस्कार गरेको थियो । पर्सा जिल्लामा बिहीवार राती ३० जनामा कोरोना संक्रमण देखा परे सगै संक्रमित को संख्या ७७ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्