Logo
Logo

पेन किलर खाँदाखाँदा मेरो किड्नी फेल भयो : प्रधानमन्त्री


3.8k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मिर्गौला फेल हुनुको कारण सुनाएका छन् । आज काठमाडौंमा आयोजित नेपाल कुष्ठरोग राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले पेन किलर (दुखाइ कम गर्ने औषधि) सेवन गर्दा मिर्गौला फेल भएको बताएका हुन् ।

तागतिलो खाना र औषधि अभावका कारण क्षयरोग र अल्सर भएपछि स्वास्थ्य बिग्रिँदै गएको उनले सुनाए । ‘मलाई क्षयरोग लाग्यो । अल्सर भयो, दुखेर असैह्य हुन्छ । पेटभरी घाउ भएर, भतभत पोल्छ । रगत आउँछ घाउबाट, अनि पेन किलर दिन्छ,’ उनले विगत स्मरण गर्दै भने, ‘पेन किलर खाँदाखाँदा किड्नी फेल नभएर के हुन्छ ? मेरो किड्नी फेल हुनुको कारण पेन किलर हो ।’

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको मिर्गौला फेल भएपछि दोस्रोपटक २०७६ फागुनमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनलाई त्यसबेला संग्रौला थरकी भान्जी नाता पर्ने एक युवतीनले मृगौला दिएकी थिइन् । त्यसअघि पहिलो पटक मृगौला प्रत्यारोपण गर्दा बुहारी अन्जनाले मिर्गौला दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्