काठमाडौँ । भारत र पाकिस्तानबीच तनाव उत्कर्षमा पुगेको छ । यसैबेला साइबर ह्याकिङ समूहबिच पनि साइबर द्वन्द्व चर्किएको छ ।

पाकिस्तानी समूह पाकिस्तान साइबर फोर्सले भारतको मिलिटरी इन्जिनियरिङ सर्भिसेस (एमईएस), रक्षा अनुसन्धान संस्था (एमपी–आईडीएसए)को वेबसाइट ह्याक गरेको दाबी गरेको छ । पाकिस्तानको उक्त दावीपछि भारतीय समूह प्रतिकार उत्रिएको इन्डिया हेराल्डले उल्लखे गरेको छ ।
इण्डिया हेराल्डका अनुसार ‘इन्डियन साइबर फोर्स’ नामको समूहले पाकिस्तानका एक हजारभन्दा बढी सीसीटिभी क्यामेरा नियन्त्रणमा लिएको गरेको छ । उक्त समूहले सामाजिक सञ्जाल एक्स र टेलिग्राममा लेख्दै भनेको छ, ‘पाकिस्तानको सर्भिलेन्स प्रणाली हाम्रो नियन्त्रणमा आएको छ ।’
ह्याक गरिएका क्यामेरा पाकिस्तानका सरकारी कार्यालय, उद्योग क्षेत्र, विद्यालय, निजी कम्पनी, बैंक र एटीएमहरूमा जडान गरिएको ह्याकर समूहले दावी गरेको छ । उनीहरूले सर्भिलेन्स भिडिओको एउटा क्लिपसमेत सार्वजनिक गरेका छन् ।
https://x.com/CyberForceX/status/1919469867528491352









