Logo
Logo

सुनको मूल्य बढ्दा चाँदी घट्यो


693
Shares

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ६ सयले बढेको हो ।

यसअघि हिजो (बुधबार) १ लाख ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ लाख ९२ हजार २ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्