Logo
Logo

भारतमा भयावह बन्दै कोरोना, एकैदिनमा ४९ हजार संक्रमित


- दृष्टि न्युज/संवाददाता

0
Shares

 

नयाँदिल्ली, १० साउन (एजेन्सी) । भारतमा दैनिक कोरोनाभाइरसको संक्रमण बढ्दो छ । पछिल्लो केही साताबाट दैनिक संक्रमितको संख्या बढ्दै गएको हो । केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४८ हजार ९१६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।
भारतमा अहिलेसम्म कोरोनाबाट सङ्क्रमित भएकाहरुको कुल संख्या १३ लाख ३६ हजार ८६१ पुगेको छ । ती मध्ये चार लाख ५६ हजार ७१ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु आठ लाख ४९ हजार ४३१ जना सङ्क्रणमुक्त भइसकेका छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट सङ्क्रमित भएर ७५७ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या ३१ हजार ३५८ पुगेको अधिकारीहरुले जनाएका छन् ।
प्रदेश अनुसार हेर्दा सवैभन्दा धेरै महाराष्ट्र राज्यमा तीन लाख ५७ हजार सङ्क्रमित भएका छन् । त्यसैगरी तमिल नाडुमा एक लाख ९९ हजार ७४९ जना र दिल्ली राज्यमा एक लाख २८ हजार ३८९ जना संक्रमित भएका छन्

प्रतिक्रिया दिनुहोस्