काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता विवाद चाँडै समाधान हुने बताएका छन् । विद्युत् नियमन आयोगको वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री खड्काले उपभोक्ताले मागेको बिल विद्युत् प्राधिकरणले समयमा नै उपलब्ध गराउन नसक्दा कानुनी अड्चन आएको बताउँदै डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता विवाद चाँडै समाधान हुने विश्वास व्यक्त गरे ।

उनले आफूले कहिले पनि डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता नउठान नभनेको स्पष्ट पारे । उनले दुवै पक्षलाई न्याय हुने गरी बक्यौता उठाउन सरकारले भनिरहेको अवस्थामा यसलाई छिनोफानो गर्ने काममा लाग्न आग्रह गरे । अधिकार सम्पन्न नियमन निकाय हुँदा पनि टीओडी मिटरका विषयमा लामो विवाद हुन लज्जास्पद भएको मन्त्री खड्काले बताए ।











