Logo
Logo

नेपालको विश्वकप छनोट यात्रा भोलीबाट


1.1k
Shares

काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले शुक्रवार महिला टि ट्वान्टी विश्वकप २०२६ को छनोटमा एसिया छनोटको प्रतियोगिता खेल्दैछ । थाइल्यान्डमा हुने एसिया छनोटमा नेपालसँगै आयोजक थाइलयान्ड, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र युएईको सहभागिता रहेको छ ।

नेपाल बहराइन र हङकङसँगै समूह ‘सी’ मा रहेको छ । समूह ‘ए’ मा भुटान, कुवेत र थाइल्यान्ड रहँदा समूह ‘बी’ मा मलेसिया, कतार र युएई रहेका छन् ।

हरेक समूहका टोलीले एकआपसमा दुई पटक खेले पश्चात समूहको शीर्ष टोलीले सुपर थ्रीमा स्थान बनाउँने छ । सुपर थ्रीमा शीर्ष दुईमा रहने टोलीले ग्लोबल छनोटमा स्थान बनाउँने छ ।

छनोटको पहिलो खेलमा नेपालले थाइल्यान्डको एसियन टेक्नोलोजी मैदानमा शुक्रवार बिहान ८ः४५ बजे हङकङसँग खेल्ने छ । टि ट्वान्टी आईको पछिल्लो पाँच भेटमा नेपालले हङकङलाई २ खेलमा हराउँदा हङकङ पनि समान खेलमा नै विजयी भएको छ । एक खेल भने बर्षाका कारण रद्द भएको थियो ।

नेपालको समूह चरणका अन्य खेलहरु

बैशाख २७ गते शनिबार १० मे बहराइनविरुद्ध
बैशाख ३० गते मंगलबार १३ मे हङकङविरुद्ध
जेठ १ गते बिहीबार १५ मे बहराइनविरुद्ध

नेपाली टोली : इन्दु वर्मा (कप्तान), पूजा महतो (उप-कप्तान), बिन्दु रावल, राजमती ऐरी, कविता कुँवर, मनीषा उपाध्याय, कविता जोशी, रुबी पोद्दार, सबनम राई, रिया शर्मा, रुबिना छेत्री, सम्झना खड्का, रोमा थापा, ईश्वरी बिस्ट

प्रतिक्रिया दिनुहोस्