Logo
Logo

कांग्रेसले भन्यो- भारत र पाकिस्तान तनाव युद्धमा परिणत नहोस् भन्ने पक्षमा छौँ


693
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले भारत र पाकिस्तानबीच देखिएको तनावका विषयमा औपचारिक छलफल गरेको छ । शुक्रबार बसेको पदाधिकारी बैठकपछि नेपाली कांग्रेस भारतले आतंककारी अखडामा गरेको हमलाको पक्षमा रहेको प्रवक्ता प्रकाशशरण महतले बताए ।

यसअघि बिहीबार नेपाल सरकारले एक विज्ञप्ति जारी गर्दै भारतको आतंकवादीविरुद्धको लडाइँमा नेपालको साथ रहने बताइसकेको छ ।

कश्मीरको पहलगाममा आतंककारी आक्रमणपछि विकसित परिस्थितिमा आतंकवादको खिलापमा भएको कारवाही जायज भएको उनले बताए । ‘हामी जहिले पनि आतंकवादको खिलापमा हुने कारवाहीलाई जायज ठान्छौँ । आतंकवादलाई कसैले पनि प्रशय नदेओस् भन्ने पक्षमा छौं’ उनले भने ।

उनले आतंकवादी अखडामाथि आक्रमण भएपछि पाकिस्तानले भारतीय जनतामाथि आक्रमण भएको विषयमा चिन्ता व्यक्त गरे । नेपाली कांग्रेस सधैँ आतंकवाद निरुत्साहित गर्ने पक्षमा रहेको उल्लेख गर्दै उनले भारत पाकिस्तान तनाव युद्धमा परिणत नहोस् भन्ने पक्षमा रहेको बताए ।

उनले नेपाली कांग्रेस आतंकवादी गतिविधि भयो त्यसको विपक्षमा उभिने बताए । ‘आतंकवादलाई संरक्षण गर्ने प्रवृति हुनुहुन्न भन्ने हाम्रो प्रष्ट धारणा हो’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्