Logo
Logo

एसियन लाइफ इन्स्योरेन्सलाई ४२ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न अनुमति 


252
Shares

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्काशन गर्न अनुमति पाएको छ । कम्पनीले बोर्डमा चुक्ता पुँजीको ४२ प्रतिशत हकप्रद निष्काशन गर्न अनुमति पाएको हो । 

एसियन लाइफको ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ४ सय रुपैयाँ चुक्ता पुँजी रहेको छ । कम्पनीले १ अर्ब ४२ करोड ७९ लाख ३२ हजार २ सय ४८ रुपैयाँ बराबरको १ करोड ४२ लाख ७९ हजार ३ सय १२ दशमलब ४८ कित्ता १ सय रुपैयाँ अंकित मूल्यको हकप्रद सेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो । कम्पनीको सेयर निष्काशक तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्