काठमाडौं । नेकपा एमालेका सांसद चन्द्र बहादुर विश्वकर्माले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संसद्मा मौन प्रतिक्रिया दिएका छन् ।

शुक्रबारको संसद् बैठकमा उनी बोल्ने सूचीमा रहेका थिए । सभामुखले बोलाउनासाथ विश्वकर्मा रोस्ट्रममा पुगे र राष्ट्रपतिबाट प्रस्तुत नीति तथा कार्यक्रममाथि संसद्मा छलफल जारी रहेको स्मरण गराए । उनले आफू पनि प्रतिक्रिया दिन रोस्ट्रममा उभिएको उल्लेख गरे, तर त्यसपछि केही नबोली मौन बसे ।
उनको यस्तो मौन प्रस्तुति संसद् बैठकमा धेरैको ध्यान खिच्ने खालको बन्यो ।














