Logo
Logo

भारतमा रहेका नेपालीहरूलाई सुरक्षा सम्बन्धी निर्देशन पालना गर्न दूतावासको आग्रह


441
Shares

काठमाडौं । नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले भारतमा रहेका नेपालीहरूलाई भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षासम्बन्धी निर्देशनहरूको पालना गर्न आग्रह गरेको छ । शुक्रवार एक सूचना जारी गर्दै दूतावासले सो आग्रह गरेको हो ।

सूचनामा भारतको जम्मु काश्मीर राज्यको पहलगाममा भएको आतङ्कवादी हमलापछि विकसित घटनाक्रमहरूलाई मध्यनजर गर्दै भारतमा रहेका नेपालीहरूलाई सचेत र सुरक्षित रहन भारत सरकारले जारी गरेका निर्देशनहरूको पालना गर्न आग्रह गरिएको  छ ।

प्रतिक्रिया दिनुहोस्