Logo
Logo

काँग्रेस र एमालेमा गभर्नरको विषयमा कुनै अन्तर्विरोध छैन : महेश बर्तौला


945
Shares

काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले सरकारले केही दिनभित्रै नेपाल राष्ट्र बैङ्कको गभर्नर नियुक्त गर्ने बताएका छन् । शुक्रवार संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले गभर्नर नियुक्तिका लागि केही समय लिइएको तर गभर्नर नियुक्तिको विषयमा कुनै असमझदारी नभएको बताए । 

उनले भने, ‘यसमा सरकार नियमित प्रक्रियाबाट छलफलको प्रक्रियामा छ । कहिले कहीँ कुनै जिम्मेवारी केही दिन अगाडि पनि नियुक्तिको प्रक्रिया टुङ्गिएर कार्यकाल सकिने, कोही व्यक्ति कार्यकाल सकिने बित्तिकै काम प्रक्रिया आरम्भ हुने अवस्था पनि बन्छ  । कसैका लागि केही छलफलका प्रक्रियाले थप समय पनि लिन सक्छ । तर तपाईँहरूलाई यति कुरा म भन्न चाहन्छु कि सरकारले छिटोभन्दा छिटो गभर्नर नियुक्तिको प्रक्रिया निष्कर्षमा पुर्‍याउँछ । सरकारको बीचमा दलहरूको बीचमा गभर्नर नियुक्तिको बीचमा कुनै अन्तर्विरोध असमझदारी त्यो भएको अवस्था छैन ।’

उनका अनुसार  केही कानुनी विषयमा गभर्नर नियुक्तिको विषय अदालतमा पुगेकाले नियुक्तिमा ढिलाइ भएको हो  । ‘केही कानुनी विषय बने, अदालतमा प्रवेश पनि पायो । त्यस कारणले गर्दा पनि केही ढिलो भएको होला तथापि मेरो विचारमा उपयुक्त व्यक्ति, उपयुक्ति जिम्मेबारीमा उपयुक्त समयमा सरकारले निर्णय गर्छ,’ बर्तौलाले भने ।

प्रतिक्रिया दिनुहोस्