Logo
Logo

पहिरोको उच्च जोखिममा भुलचौरा दलित बस्ती


252
Shares

काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका–४ अन्तर्गत पर्ने भुलचौरा दलित बस्ती लगातार पहिरोको उच्च जोखिममा परेको छ । दशकौँ अघिदेखि सुरु भएको पहिरोको क्रम अझै रोकिएको छैन । 

स्थानीय अनुसार, वि।सं। २०२२/२३ सालदेखि सुरु भएको पहिरो क्रम २०२८ / २०५१/५२ मा भयावह रूप लिँदा केही बस्ती पूर्णरूपमा विस्थापित भएका थिए । पहिरो महाकाली नदीको किनारबाट सुरु भई अहिले भुलचौरा बस्तीको २० मिटर तलसम्म आइपुगेको छ ।

स्थानीयका अनुसार, पहिरो यथावत् जारी रहेमा आगामी वर्षात्मा बस्ती नै बग्ने खतरा रहेको छ। खेतीयोग्य जमिनको आधाभन्दा बढी भाग पहिल्यै कटान भइसकेको छ, बाँकी पनि जोखिममा छ ।  वर्षा सुरु भएपछि स्थानीयहरू रातभर पहिरोको डरले सुत्न नसक्ने स्थिति छ । 

मडगाउँ क्षेत्रमा २०५१/५२ सालको ठुलो पहिरोले झन्डै ४२ परिवार विस्थापित गरिसकेको छ । साविकको सुनसेरा गाविस क्षेत्रका किम्पानी, बिन्नाला र मडगाउँ बस्ती पहिरोको जोखिममा परेका थिए । विसं २०७४ मा ती क्षेत्रका ३२ परिवारका लागि घर पुनर्निर्माण गरिएको भए पनि भुलचौरा दलित बस्ती अझै बेवास्तामा परेको छ ।

स्थानीय बासिन्दा तथा जनप्रतिनिधिहरूले तीनै तहका सरकारलाई पहिरो पीडित दलित बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न तत्काल कदम चाल्न आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्