काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सरकार र प्रतिपक्षबिच न्युनतम साझा बुझाइको जरुरी रहेको बताएका छन् ।

शनिवार सिंहदरबारमा पूर्व सांसद मञ्चले आयोजना गरेको नेपालको वर्तमान अवस्थास् चुनौती र समाधान विषयक एक दिने अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो बताएका हुन् ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनावश्यक भ्रम फैल्याउनुले राजावादीहरूका लागि सहयोगी बनेको उनको भनाइ छ । सरकारले व्यापार प्रवर्द्धन, व्यापार र उद्योग व्यवसायलाई उत्थान गर्नको लागि अध्यादेश ल्याउँदा विरोध भएको उल्लेख गर्दै उनले राम्रा कुराहरूको विरोध गर्ने बानीले गर्दा अहिलेको प्रणालीमाथि प्रश्न उठिरहेका बताए ।














