Logo
Logo

लिग–२ शृङ्खलाका लागि नेपाली टोली घोषणा


693
Shares

काठमाडौं । स्कटल्याण्डमा आगामी जुनमा हुने आईसीसी विश्वकप लिग–२ शृङ्खलाका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ । टोलीको कप्तानी रोहित कुमार पौडेलले गर्नेछन् भने दिपेन्द्रसिंह ऐरी उपकप्तानको भूमिकामा रहनेछन् ।

टोलीमा कप्तान रोहित र उपकप्तान दिपेन्द्रसँगै आसिफ शेख, कुशल भुर्तेल, अनिल कुमार साह, भिम सार्की, आरिफ शेख, वसीर अहमद, गुलशन कुमार झा, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, ललित नारायण राजवंशी, नन्दन यादव र रिजन ढकाल परेका छन् ।

यस शृङ्खला पछि स्कटल्याण्डमै आयोजना हुने टी–२० अन्तर्राष्ट्रिय सिरिजका लागि थप तीन नयाँ खेलाडीको चयन गरिएको क्यानले जनाएको छ । ती खेलाडीहरूमा रुपेश कुमार सिंह, लोकेस बम र किरण ठगुन्ना छन् ।

रुपेश र किरण पहिलोपटक राष्ट्रिय टोलीमा परेका हुन् । तर, लिग–२ समाप्त भएपछि मात्र टी–२० शृङ्खलाका लागि कुन खेलाडीहरूलाई प्रतिस्थापन गरिने हो भन्ने जानकारी सार्वजनिक गरिने सङ्घले जनाएको छ ।

लिग–२ तथा टी–२० शृङ्खलालाई आगामी विश्वकपका लागि महत्त्वपूर्ण मञ्चका रूपमा हेरिएको छ, जसमा नेपाली टोलीले सशक्त प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्