Logo
Logo

आगामी बजेट कार्यान्वयनयोग्य तथा नतिजामुखी बनाइने छ : अर्थमन्त्री पौडेल


504
Shares

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटलाई कार्यान्वयनयोग्य र नतिजामुखी बनाइने बताएका छन् । 

नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्वारा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले योजना तथा कार्यक्रमहरूमा आवश्यक हेरफेर गरिने र स्रोतको उपलब्धतालाई मध्यनजर गर्दै बजेटको प्राथमिकिकरण गरिने जानकारी दिए ।

अर्थमन्त्री पौडेलले अर्थतन्त्रका प्रमुख परिसूचकहरू क्रमशः सुधारोन्मुख देखिए पनि विगतका स्रोत व्यवस्थापनका खाडलहरू पुरा गर्न अझै केही समय लाग्ने बताए। उनले संविधानले मार्गदर्शन गर्ने बजेट प्रणालीलाई आत्मसात गर्दै आवश्यक नीतिहरू लागू गरिने प्रतिबद्धता जनाए ।

सामाजिक सुरक्षाका नाममा ठूलो मात्रामा खर्च भइरहेकाले त्यसतर्फ खर्चको प्रभावकारी व्यवस्थापन अनिवार्य रहेको उनको भनाइ थियो । साथै, सङ्घीय संरचनामा रहेका तीनवटै तहका सरकारबीच आयोजना छनोट र प्राथमिकिकरण स्पष्ट रूपमा हुनुपर्ने आवश्यकता उनले औँल्याए ।

प्रतिक्रिया दिनुहोस्