काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच युद्धविराममा सहमति भएको दाबी गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत उक्त सहमति आफूले घोषणा गर्न पाउँदा खुसी लागेको बताएका हुन् ।

ट्रम्पका अनुसार अमेरिकाको मध्यस्थतामा लामो वार्तापछि दुई देश युद्धविराममा पुग्न सहमत भएका हुन् । उनले दुवै देशलाई ‘सामान्य ज्ञान र महान् बुद्धिमता’ प्रयोग गरेर वार्ताबाट समाधान निकाल्न सफल भएकोमा बधाई पनि दिएका छन् ।
हालसम्म भारत वा पाकिस्तानको तर्फबाट आधिकारिक पुष्टि नभए पनि ट्रम्पको यस्तो घोषणा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चाको विषय बनेको छ ।











