काठमाडौं । पाकिस्तानका उपप्रधानमन्त्री इशाक दारले भारतसँग तत्काल लागू हुने गरी युद्ध विराममा सहमति भएको घोषणा गरेका छन् । उनले यो निर्णय दुवै मुलुकबिचको दीर्घकालीन शान्ति र सुरक्षाका लागि ऐतिहासिक कदम भएको बताएका छन् ।

दारले भने, ‘पाकिस्तानले आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा कुनै सम्झौता नगरी सधैँ शान्ति र सुरक्षाका लागि प्रयासरत रहँदै आएको छ ।’ उनले तटस्थ स्थानमा दुवै देशका प्रतिनिधिहरू सहभागी हुने गरी व्यापक मुद्दाहरूमा वार्ता सुरु हुने जानकारी पनि दिए ।
उनले प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शहबाज शरिफको शान्तिप्रति देखिएको प्रतिबद्धता र दूरदृष्टिपूर्ण नेतृत्वको प्रशंसा गर्दै भने, ‘हामी प्रधानमन्त्री मोदी र शरीफको विवेक, बुद्धिमत्ता र राजनैतिक सूझबुझको प्रशंसा गर्छौं ।’
यसअघि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि भारत–पाकिस्तानबीच युद्धविरामको घोषणा गरेका थिए । उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै भनेका छन्, ‘अमेरिकाको मध्यस्थतामा भएको सफल वार्तापछि भारत र पाकिस्तान युद्ध विराममा सहमत भएका छन् । सामान्य ज्ञान र महान बुद्धिमत्ता प्रयोग गरेकोमा दुवै देशलाई बधाई दिन चाहन्छु ।’











