Logo
Logo

युद्धविरामपछि पाकिस्तानको हवाई क्षेत्र पुनःसञ्चालनमा


3.9k
Shares

काठमाडौं । भारत र पाकिस्तानबीच युद्धविरामको सहमति भएको केही समयपछि पाकिस्तानले देशभरको हवाई क्षेत्र पुनः सञ्चालनमा ल्याएको छ । पाकिस्तान नागरिक उड्डयन प्राधिकरणले जारी गरेको सूचनामा अनुसार अब सबै अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरू पूर्ण रूपमा सुचारु हुनेछन् ।

यसअघि, भारतसँगको सैन्य तनावका कारण पाकिस्तानले आफ्नो हवाई क्षेत्र आंशिक रूपमा बन्द गरेको थियो । यसले विभिन्न अन्तर्राष्ट्रिय तथा घरेलु उडानहरू प्रभावित पारेको थियो ।

तर हालै भएको युद्धविराम सहमतिपछि क्षेत्रीय तनाव घटेको संकेतस्वरूप पाकिस्तानले हवाई क्षेत्र खोल्ने निर्णय गरेको हो । यस कदमले दुवै देशबीचको सम्बन्ध सुधार हुने अपेक्षा गरिएको छ भने प्रभावित यात्रुहरूको आवागमन सहज हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्