Logo
Logo

आईपीएल चाँडै पुनः सुरु हुने


2.2k
Shares

काठमाडौं । भारत र पाकिस्तानबीचको पछिल्लो तनाव कम हुँदै गएसँगै, इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ फेरि सुरु हुने सम्भावना बलियो बनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत दुई देशबीच सीमा क्षेत्रमा जारी युद्ध विराम अब समाप्त भएको जानकारी दिएपछि यसप्रति आशा जागेको हो ।

यसै सन्दर्भमा, भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले चाँडै आईपीएल पुनः सुरु गर्ने सम्बन्धमा आधिकारिक घोषणा गर्ने तयारी गरेको छ ।

भारत–पाकिस्तानबीचको बढ्दो तनावका कारण बीसीसीआईले गत शुक्रबारका दिन आईपीएल एक हप्ताका लागि स्थगित गरेको थियो । यद्यपि, प्रतियोगिता कहिलेदेखि पुनः सुरु हुने भन्ने विषयमा अहिलेसम्म औपचारिक निर्णय लिइएको छैन । तर, पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै बीसीसीआई चाँडै नै नयाँ मिति र तालिका सार्वजनिक गर्ने बताइएको छ ।

आईपीएल २०२५ को हालसम्म ५७ खेल सम्पन्न भइसकेका छन् । ५८औँ खेल मे ८ मा धर्मशालामा पन्जाब किंग्स  र दिल्ली क्यापिटल्स बिच हुँदै थियो । जुन खेल १०।१ ओभरपछि रोकिएको थियो । त्यो बेला पन्जाबले १ विकेटको क्षतिमा १२२ रन बनाएको थियो । 

बीसीसीआईले उक्त अधुरो खेल पुनः खेलाउने वा यथास्थितिमा निर्णय लिने भन्नेबारे चाँडै निर्णय लिने अपेक्षा गरिएको छ । अब लिग चरणमा जम्मा १२ खेल बाँकी छन् । त्यसपछि प्लेअफका ४ खेल खेलिनेछन् । अघिल्लो तालिकाअनुसार, क्वालिफायर १ र एलिमिनेटर हैदराबादमा तथा क्वालिफायर २ र फाइनल कोलकातामा आयोजना गरिने भनिएको थियो ।

प्रतिक्रिया दिनुहोस्