मुग्लिन । मुग्लिन–नारायणगढ सडक खण्डको तुईनखोला भन्ने स्थानमा कोइला लोड गरेको ट्रक पल्टिँदा सडक पूर्णरुपमा अवरुद्ध भएको छ । वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ख ९८१७ नम्बरको ट्रक आज बिहान ७ बजे पल्टिएको हो ।

कोइला लोड गरेको उक्त ट्रक अनियन्त्रित भई पल्टिँदा दुबैतर्फ बाटो अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ । दुर्घटनामा मानवीय क्षति भने भएको छैन । सो स्थानमा इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी निरीक्षक प्रतिक सिंह नेतृत्वको टोली खटिएर बाटो खुलाउने प्रयास गरिरहेको छ ।














