Logo
Logo

ठूला योजना ल्याउँदा ठूलै पैसा खान पाइन्छ भनेर विमानस्थल बनाइयो : राजेन्द्र लिङ्देन


882
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भैरहवास्थित गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो भ्रष्टाचार भएको बताएका छन् ।

फाइल फोटो

सिद्धार्थ उद्योग वाणिज्य संघ, रूपन्देहीले विमानस्थल पूर्ण क्षमतामा सञ्चालनबारे आयोजित छलफल कार्यक्रममा बोल्दै उनले भ्रष्टाचार गर्नकै लागि यी दुई विमानस्थल बनाएको आरोप लगाए । उनले ठूला योजना ल्याउँदा ठूलै पैसा खान पाइन्छ भनेर विमानस्थल बनाइएको दावी गरे ।

पूर्वमन्त्रीसमेत रहेका लिङ्देनले भने, ‘नागरिकको टाउकोमा ऋण थोपरेर ४०/४१ अर्ब खर्च गरेर विमानस्थल बनाउने तर नचलाउनेको खोजी गर्नुपर्ने बेला आएको छ ।’ उनले सरकारले चाहे गौतमबुद्ध विमानस्थल सञ्चालन हुन सक्ने बताए । तर, पोखरामा न्यारोबडी जहाजसमेत सञ्चालनमा कठिनाइ हुनसक्ने बताउँदै उनले भ्रष्टाचारलगायत ऋण बोकाएर विमानस्थल बनाउनेलाई कारबाही गर्न माग गरे ।

अध्यक्ष लिङ्देनले अहिले चलाइरहेको व्यवसाय टिकाउनै गाह्रो भएको बताउँदै नयाँ व्यवसाय गर्छु भन्दा कयौं कार्यालय धाउन र घुस दिँदासमेत काम नहुने समस्या रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्