Logo
Logo

राजावादीलाई प्रधानमन्त्री भने : जेठ १५ मा तपाईँहरूको सपना पूरा हुँदैन 


1k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादी गतिविधिप्रति असन्तुष्टि जनाउँदै प्रतिगामी आन्दोलनबाट केही हासिल हुने नसक्ने स्पष्ट पारेका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

प्रधानमन्त्री ओलीले बदलिँदो समय र सन्दर्भलाई बुझ्दै अघि बढ्न राजावादीहरूलाई सुझाव दिएका छन् । उनले भने,’यसपटकको मात्र होइन, अब आउने कुनै पनि जेठ १५ गते तपाईँहरूको सपना साकार हुने छैन । प्रतिगामी सपना कहिल्यै सफल हुँदैन । त्यसमा जोड नगर्न म आग्रह गर्दछु ।’

राजावादीहरूले आगामी जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन् । उनीहरूको उद्देश्य राजसंस्थाको पुनःस्थापनातर्फ उन्मुख देखिएको छ । त्यसको सन्दर्भमा प्रधानमन्त्री ओलीले संविधानको मर्म र समयको मागअनुसार अघि बढ्न आग्रह गर्दै त्यसविपरीतका प्रयासले राष्ट्रलाई फाइदा नहुने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्