Logo
Logo

सोमबारदेखि पुनः मनसुन सक्रिय, सतर्कता अपनाउन विभागको अनुरोध


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ११ साउन । पुनः सोमबारदेखि मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सोमबार रातिबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभागनजिक रहने भएकाले फेरि मनसुन सक्रिय हुने मौसमविद् मञ्जु बासीले बताएकी छन् ।
अरब सागरबाट समेत पर्याप्त जलवाष्पयुक्त हावा नेपाल भित्रिने देखिएकाले पुनः वर्षाको सम्भावना रहेको मौसमविद्को भनाइ छ ।सोमबार रातिबाट नेपालमा मनसुन सक्रिय भई देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ती स्थानमा नदीमा पानीको बहाव बढ्ने र पहाडमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल÷पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
राति देशभर सामान्य बदली रही केही स्थानमा हलकादेखि मध्यम वर्षाका साथै प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको औँल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्