Logo
Logo

प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित


756
Shares

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले गत वैशाख १९ गते सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । 

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । सत्ता पक्षका सांसदहरूले पक्षमा मतदान गरे भने विपक्षी सांसदहरूले विपक्षमा मत दिए ।
 
यसअघि वैशाख २२, २३, २४, २५, २६ र २८ गते नीति तथा कार्यक्रममाथि व्यापक छलफल भएको थियो । छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दिएका थिए । जवाफप्रति असन्तुष्ट सांसदहरूले थप स्पष्टीकरण दिएका थिए । 

सोही दिन सांसदहरूले प्रस्तुत गरेका संशोधन प्रस्तावहरू पनि निर्णयार्थ पेस गरिएको थियो । अन्ततः नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो।

प्रतिक्रिया दिनुहोस्