Logo
Logo

नीति तथा कार्यक्रम सङ्घीय संसद्का दुवै सदनबाट बहुमतले पारित


378
Shares

काठमाडौं ।  सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम सङ्घीय संसद्का दुवै सदन, प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट बहुमतले पारित भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले गत १९ वैशाखमा सङ्घीय संसद्को संयुक्त बैठकमा उक्त नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । दुवै सदनमा व्यापक छलफलपछि नीति तथा कार्यक्रम पारित भएको हो । यो नीति तथा कार्यक्रमको आधारमा सरकारले आगामी १५ जेठमा बजेट प्रस्तुत गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्