काठमाडौ । नेपाल राष्ट्र बैङ्कका अनुसार चैत महिनामा १ खर्ब ४० अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । फागुन मसान्तसम्म १० खर्ब ५१ अर्ब ७७ करोड रहेको रेमिट्यान्स चैत मसान्तसम्म ११ खर्ब ९१ अर्ब ३१ करोड पुगेको हो ।

यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा १० प्रतिशतले बढी हो । वृद्धिदर गत वर्षको १७.२ प्रतिशतको तुलनामा कम छ । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ७.३ प्रतिशतले बढेर ८ अर्ब ७४ करोड पुगेको राष्ट्र बैङ्कले जनाएको छ । यसैगरी, यो अवधिमा खुद ट्रान्सफर १३ खर्ब ०१ अर्ब ९४ करोड पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ११ खर्ब ७४ अर्ब ५४ करोडभन्दा बढी हो ।











