काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका अनुसार २०८२ वैशाख मसान्तसम्मको समीक्षा अवधिमा विस्तृत मुद्रा आपूर्ति (एम२) ६.२ प्रतिशतले वृद्धि भएको छ । यो गत वर्षको सोही अवधिको ७.४ प्रतिशतको वृद्धिभन्दा केही कम हो । वार्षिक आधारमा, २०८२ वैशाख मसान्तमा (एम२)११.६ प्रतिशतले विस्तार भएको छ । जसले अर्थतन्त्रमा तरलताको स्थिरता देखाउँछ ।

शुद्ध विदेशी सम्पत्ति ९एनएफए०, विदेशी विनिमय मूल्याङ्कनको लाभरहानि समायोजनपछि, समीक्षा अवधिमा ३४६.२३ अर्ब रुपैयाँ ९१७.४ प्रतिशतले बढेको छ । यो गत वर्षको सोही अवधिको ३६५.१६ अर्ब ९२५.१ प्रतिशतको वृद्धिभन्दा कम भए पनि रेमिट्यान्स र निर्यात वृद्धिका कारण नेपालको बाह्य अवस्था सुदृढ भएको देखिन्छ ।
यसैगरी, आरक्षित मुद्रा समीक्षा अवधिमा ४.३ प्रतिशतले बढेको छ । जुन गत वर्षको ६.० प्रतिशतको वृद्धिभन्दा कम हो । वार्षिक आधारमा, २०८२ वैशाख मसान्तमा आरक्षित मुद्रा ६.० प्रतिशतले वृद्धि भएको छ । जसले आर्थिक गतिविधिलाई समर्थन गर्न स्थिर मौद्रिक आरक्षित अवस्था झल्काउँछ ।
विश्लेषकहरूले मुद्रा आपूर्ति र आरक्षित मुद्राको मन्द वृद्धिलाई मुद्रास्फीति नियन्त्रण र आर्थिक स्थिरता कायम गर्न अपनाइएको सतर्क मौद्रिक नीतिसँग जोड्छन् । शुद्ध विदेशी सम्पत्तिको उल्लेखनीय वृद्धि र १० प्रतिशतले बढेको रेमिट्यान्स आप्रवाहले नेपालको भुक्तानी सन्तुलन सुधार भएको देखाउँछ ।











