Logo
Logo

नेपालसँग १७.१ महिनाको वस्तु आयात धान्न सक्ने विदेशी विनिमय सञ्चिति 


504
Shares

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिनाको आयात तथ्याङ्कका आधारमा बैङ्किङ क्षेत्रको विदेशी विनिमय सञ्चितिले १७.१ महिनाको सम्भावित वस्तु आयात र १४.२ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने देखिएको छ ।

२०८२ वैशाख मसान्तमा सञ्चिति९जीडीपी अनुपात ३९.७ प्रतिशत पुगेको छ । जुन २०८१ साउन मसान्तको ३५.८ प्रतिशत भन्दा उल्लेखनीय सुधार हो । त्यस्तै, सञ्चिति-आयात अनुपात १०८.६ प्रतिशतबाट ११८.७ प्रतिशत  र सञ्चिति-एम२ अनुपात २९.३ प्रतिशतबाट ३२.८ प्रतिशत  पुगेको छ । यी सुधारले रेमिट्यान्समा १० प्रतिशत  वृद्धि र निर्यातको स्थिर प्रदर्शनका कारण नेपालको बाह्य क्षेत्र सुदृढ भएको देखाउँछ ।

यी अनुपातहरूले अर्थतन्त्रको बलियो लचिलोपन देखाउँछन् । जसले वैश्विक आर्थिक अनिश्चितता नेपालमा वैदेशिक रोजगारीमा गएका नेपालीहरूले पठाएको रकम अर्थात् रेमिट्यान्सले मुलुकको अर्थतन्त्रमा ठुलो योगदान पुर्‍याएको छ । गत वर्षको तुलनामा १० प्रतिशतले रेमिट्यान्स वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्