Logo
Logo

निजी क्षेत्रले लिने कर्जा बढ्यो


441
Shares

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिनामा बैङ्क तथा वित्तीय संस्था (बीएफआई) बाट निजी क्षेत्रको कर्जा ३६१.०३ अर्ब रुपैयाँ ७.१ प्रतिशतले बढेको छ । यो गत वर्षको सोही अवधिको २२२.२१ अर्ब (४.६ प्रतिशत) को वृद्धिभन्दा उल्लेखनीय हो । 

नेपाल राष्ट्र बैङ्कका अनुसार २०८२ वैशाख मसान्तमा वार्षिक आधारमा निजी क्षेत्रको कर्जा ८.३ प्रतिशतले विस्तार भएको छ । जसले विभिन्न क्षेत्रमा वित्तीय माग बलियो भएको देखाउँछ ।

निजी क्षेत्रको कर्जा वितरणमा गैर-वित्तीय संस्थाले ६३.४ प्रतिशत र घरायसी क्षेत्रले ३६.६ प्रतिशत हिस्सा ओगटेका छन् ।  जुन गत वर्ष ६२.७ प्रतिशत र ३७.३ प्रतिशत थियो । वाणिज्य बैङ्कहरूले ७.४ प्रतिशत, वित्त कम्पनीहरूले ६.४ प्रतिशत र विकास बैङ्कहरूले ४.६ प्रतिशत कर्जा वृद्धि गरेका छन् ।  

२०८२ वैशाख मसान्तसम्म बीएफआईको कुल बक्यौता कर्जामध्ये ६५.२ प्रतिशत जग्गा र भवनको धितोमा र १४.६ प्रतिशत कृषि तथा गैर९कृषि उत्पादनजस्ता चालू सम्पत्तिको धितोमा छ । गत वर्ष यी अनुपात क्रमशः ६७.६ प्रतिशत र ११.४ प्रतिशत थिए ।

क्षेत्रगत रूपमा, औद्योगिक उत्पादन क्षेत्रमा ९.६ प्रतिशत, निर्माणमा ११.४ प्रतिशत, थोक तथा खुद्रा व्यापारमा ५.२ प्रतिशत, यातायात, सञ्चार र सार्वजनिक सेवामा १०.२ प्रतिशत, सेवा उद्योगमा ८। प्रतिशत र उपभोग्य क्षेत्रमा ८.३ प्रतिशत कर्जा वृद्धि भएको छ । कर्जा प्रकारमा ट्रस्ट रिसिप्ट (आयात) कर्जा ६०.६ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा ३७.८ प्रतिशत, अवधि कर्जा ४.९ प्रतिशत, नगद कर्जा ५.२ प्रतिशत, भाडा खरिद कर्जा ४.१ प्रतिशत र रियल स्टेट कर्जा (आवासीय गृह कर्जासहित) ४.९ प्रतिशत ले बढेको छ । यद्यपि, ओभरड्राफ्ट कर्जा १२.१ प्रतिशतले घटेको छ ।

कर्जा वृद्धिलाई आर्थिक गतिविधिमा सुधार र व्यावसायिक विश्वास बढ्नुका साथै स्थिर मौद्रिक नीतिसँग जोडिन्छ । आयातसम्बन्धी कर्जाको उल्लेखनीय वृद्धिले व्यापारिक गतिविधि बढेको देखाउँछ भने ओभरड्राफ्ट कर्जाको कमीले संरचित वित्तीयतातर्फको बदलाव सङ्केत गर्छ । 

प्रतिक्रिया दिनुहोस्