काठमाडौं । बार्सिलोना र रियल म्याड्रिडबीचको आजको एल क्लासिको खेलमा बार्सिलोना ४–३ ले विजयी भएको छ । आजको जितसँगै बार्सिलोना ला लिगा उपाधिको नजिक पुर्याएको छ । खेल मोंटजुइक ओलम्पिक स्टेडियममा भएको हो ।

शुरुवातमा रियल म्याड्रिडको अग्रता लिएको थियो । खेलको ३औँ मिनेटमा किलियन एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै रियल म्याड्रिडलाई अग्रता दिलाए, र १४औँ मिनेटमा दोस्रो गोल गर्दै स्कोर २–० बनाए ।
बार्सिलोनाको लागि एरिक गार्सियाले कर्नरबाट हेडिङ गोल गर्दै स्कोर २–१ बनाए । त्यसपछि लामिन यामालले उत्कृष्ट प्रहारमार्फत बराबरी गोल गरे । राफिन्हाले दुई गोल गर्दै बार्सिलोनालाई ४–२ को अग्रता दिलाए ।
दोस्रो हाफमा एमबाप्पेको ह्याट्रिक गोल गरेका थिए । ७०औँ मिनेटमा एमबाप्पेले आफ्नो ह्याट्रिक पूरा गर्दै स्कोर ४–३ बनाए । तर रियल म्याड्रिडले बराबरी गोल गर्न सकेन ।
यो जितसँगै बार्सिलोना अब रियल म्याड्रिडभन्दा ७ अंकले अगाडि छ । र तीन खेल बाँकी छ । यदि बार्सिलोनाले आगामी खेलमा एस्पान्योललाई पराजित गर्न सके आफ्नो २८औँ ला लिगा उपाधि जित्ने छ ।
बार्सिलोनाले यस सिजनमा रियल म्याड्रिडविरुद्ध सबै चार खेल जितेको छ । जसमा सुपरकोपा डे एस्पान्या (५–२) र कोपा डेल रे फाइनल (३–२) ले जितेको हो । यो जितले बार्सिलोनालाई घरेलु ट्रेबल (ला लिगा, कोपा डेल रे, सुपरकोपा) जित्ने नजिक पुर्याएको छ ।