Logo
Logo

टिकटकबाट ठगेर हाउजीङमा बस्ने दुई युवती समातिए


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ११ साउन ।
टिकटकबाट ठगेर हाउजीङमा बस्ने दुई युवती पक्राउ परेका छन् । उनीह्रुले टिकटक तथा फेसुकमार्फत युवाहरुसँग चिनजान गरी अमेरिका लैजाने भनेर ठगी गरेको प्रहरीले जनाएो छ । आफुहरु अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएको र बिहे गरेर अमेरिका लैजाने भन्दै ठग्ने बाग्लुङ स्थायी घर भएका २७ वर्षिया कोपिला शर्मा र १९ वर्षिया अमिमा केसीलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो । दुवै जना भक्तपुरको रोज भिलेजमा बस्नेमा ठगी गरेपछि पछिल्लो समयमा बुटवलमा लुकेर बस्दै आएका थिए ।


पीडितलाई टिकटक तथा फेसबुकमार्फत चिनजान गरेको र आफुहरु डिभी परेर अमेरिका आएको भन्दै उनीहरुले भ्रममा पारेको ठगेको अपराध महाशाखाका एसपी ईश्वर कार्कीले बताए । शर्माले डिपाटमेन्ट स्टोर सञ्चालनका लागि भनेर पाँच लाख मागेकी थिइन् । केसीले ऋण तिर्न भनेर पैसा मागेको र पछि उनीहरु सम्पर्कविहिन भएका थिए । त्यसरी पैसा लिनुअघि उनीहरुले ती युवकलाई बिहे गरेर अमेरिका लैजाने आश्वासन दिएका थिए ।
केसीले एक भने पीडितको छोरीलाई मितेनी लगाई अमेरिका लैजाने विश्वास दिलाएर एक लाख ६० हजार रुपैयाँ लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्