Logo
Logo

अमेरिका-चीनबीच व्यापार सम्झौता


1.4k
Shares

काठमाडौं । अमेरिका–चीनबीच व्यापार सम्झौता भएको छ । जेनेभामा दुई दिन भएको वार्तापछि अमेरिका र चीनबीच व्यापार सम्झौताको घोषणा भएको हो । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले यो सम्झौतालाई महत्वपूर्ण उपलब्धि भन्दै खुशी व्यक्त गरेका छन् ।

‘मलाई यो जानकारी गराउन पाउँदा खुसी लागेको छ । अमेरिका र चीनले व्यापार सम्झौतामा उल्लेखनीय प्रगति गरेका छन,’ उनले भनेका छन्, ‘पछिल्ला दुई दिन धेरै रचनात्मक भएका छन् । हामी धेरै चाँडै सहमतिको बिन्दुमा पुग्न सफल भयौँ, जसले हाम्रा मतभेद धेरैले सोचेजस्तो ठूला छैनन् भन्ने देखाउँछ ।’

अमेरिका हाल १२०० अर्ब डलरको व्यापार घाटामा छ । यही कारणले गर्दा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुल्क लगाउने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्