Logo
Logo

तिनकुने घटना : अनिल बस्नेतविरुद्ध २ दिन म्याद थपियो


693
Shares

काठमाडौं । गत चैत १५ गते तिनकुनेमा राजावादीको हिंसात्मक आन्दोलनमा संलग्न भएको आरोपमा पक्राउ परेका शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतविरुद्ध २ दिनको म्याद थप भएको छ । आइतबार सुकेधाराबाट पक्राउ परेका बस्नेतविरुद्ध जिल्ला अदालत कााठमााडौंले २ दिनको म्याद थप गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपीलराज बोहराले उनीविरुद्ध अनुसन्धानका लागि दुई दिनको म्याद थप भएको बताए । मोरङको विराटनगर महानगरपालिका–३ घर भएका ४७ वर्षीय अनिल बाबा भनिने बस्नेतविरुद्ध म्याद मिलान गर्दै अदालतले २ दिनको म्याद दिएको हो ।

उनीविरुद्ध आपराधिक उपद्रवको कसुरमा अनुसन्धान अघि बढाइएको छ । राजावादीको आन्दोलन हिंसात्मक बन्दा तीनकुने क्षेत्रमा आगजनी, तोडफोड र लुटपाटका घटना भएका थिए भने दुई जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्