Logo
Logo

आगामी वर्ष अन्तर्राष्ट्रियस्तरको बुद्ध जयन्ती मनाउने घोषणा


315
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती कार्यक्रम भव्य रूपमा मनाउने घोषणा गरेका छन् ।

आज लुम्बिनीमा आयोजित २५६९औँ बुद्ध जयन्ती मूल समारोहको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आगामी वर्ष अन्तराष्ट्रियस्तरको बुद्ध जयन्ती कार्यक्रम मनाउने घोषणा गरेका हुन् ।

उनले लुम्बिनीको गुरुयोजना निर्माण भइसकेको उल्लेख गर्दै त्यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको समेत बताए । बुद्धका उपदेश विश्वका लागि सन्दर्भयोग्य रहेको उल्लेख गर्दै भारत र पाकिस्तानबिच हात हालाहालको स्थिति आएको अवस्थामा हामी संयमित हुनुपर्ने उनले बताए ।

विश्वका मानवको अस्तित्व र पृथ्वीको सुरक्षाका लागि बुद्धको सन्देश फैलाउनु आवश्यक रहेको धारणा राख्दै उनले बुद्ध दर्शन र सिद्धान्त ऐतिहासिक महत्त्वको रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्