काठमाडौं । पाकिस्तानसँग युद्धविराम भएपछि आजदेखि भारतका सबै विमानस्थल सञ्चालनमा ल्याइएको छ । यसअघि भारत–पाकिस्तानबीच सैन्य टकराब बढ्दै गएपछि मे ७ देखि १५ सम्मका लागि भारतका विभिन्न ३२ वटा विमानस्थलबाट उडान बन्द गरिएका थिए ।

भारतीय विमानस्थल प्राधिकरणले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै नागरिक उडान बन्द गरिएका ३२ विमानस्थल आजबाट खुला गरिएको जानकारी दिएको छ ।
यात्रुहरूलाई उडानका लागि पहिले सम्बन्धित एयरलाइन्सबाट जानकारी लिन र नियमित अपडेटका लागि सम्बन्धित एयरलाइन्सको वेबसाइट हेर्न पनि विज्ञप्तिमा सल्लाह दिइएको छ ।
यद्यपि, हवाई सेवा सामान्य हुन केही समय लाग्न सक्ने हवाई कम्पनीहरुले जनाएका छन् । यस्तो अवस्थामा एयरलाइन्सले यात्रुहरूलाई केही अतिरिक्त समय लिएर विमानस्थल पुग्न सल्लाह दिइएको छ ।










