Logo
Logo

बालिकालाई प्रलोभन देखाएर यौन व्यवसायीमा लगाउने आलिया पक्राउ


1.4k
Shares

वीरगन्ज । एक बालिकालाई प्रलोभन देखाइ भारत पु¥याएर यौन व्यवसायीमा लगाएको आरोपमा पर्सा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंन्ज महानगरपालिका–१६ की २० वर्षीया आलिया खातुन हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले शनिबार खातुनलाई मानव बेचबिखन तथा ओसारपसार कसूरमा पक्राउ गरेको हो ।
सोही वडामा बस्ने १३ वर्षीया बालिकालाई विभिन्न प्रलोभनमा पारेर भारत पु¥याएर यौन व्यवसायमा लगाएको आरोपमा खातुनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको एसपी गौतम मिश्रले खातुनमाथि अुनसन्धान सुरू गरिएको बताए । अनुसन्धानका लागि प्रहरीले अदालतबाट पाँच दिनको म्याद लिएको छ । खातुनले बालिकालाई वैशाख २१ गते ‘लुगा किनिदिन्छु’ भनेर लिएर गएको खुलेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

खातुनले प्रहरीको आरोप स्वीकारेकी छन् । उनले पहिलेदेखि बालिकालाई निगरानी गर्दै आएको बताएकी छन् । उनले सोही क्रममा वैशाख २१ गते ती बालिकालाई नयाँ लुगा किनिदिन्छु भनेर घरबाट लिएर गएको प्रहरीसँग बताएकी छन् ।खातुनले बालिकालाई यौन व्यवसायमा लगाएवापत प्रतिव्यक्तिबाट ५ हजार लिने गरेको एसपी मिश्रले बताए ।

बालिकाको परिवारले भने बालिका हराएको भन्दै प्रहरीमा निवेदन दिएका थिए । सोही आधारमा अनुसन्धान गर्दै जाँदा बालिकालाई २७ गते राति बिहारबाट उद्धार गरेको प्रहरीले जनाएको छ । खातुनविरूद्ध प्रहरीले मानवबेचबिखन तथा ओसारपसार कसुरमा अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्