Logo
Logo

भन्सार शुल्क ११५ प्रतिशत घटाउन अमेरिका-चीन सहमत


1.7k
Shares

काठमाडौं । अमेरिका र चीनले एक अर्कामाथि लगाएको उच्च भन्सार दर घटाउने निर्णय गरेका छन् ।

अमेरिका–चीन जेनेभामा भएको व्यापार वार्ताबाट दुवै देशले एक अर्कालाई लगाएको भन्सार दर ९० दिनका लागि ११५ प्रतिशत घटाउने सहमति भएको हो ।

वार्तापछि दुबै देशले संयुक्त वक्तव्य जारी गरेका छन् । जसमा हाल दुवै देशले एक अर्कामाथि लगाएको उच्च भन्सार ९० दिनसम्मका लागि रोक्ने निर्णय भएको उल्लेख छ ।

अमेरिकाले चीनमाथि १४५ प्रतिशत र चीनले अमेरिकामाथि १२५ भन्सार दर लगाएका थिए । तर, अमेरिकाले घटाएर ३० प्रतिशतमा झार्ने र चीनले अमेरिकामाथि लगाएको १२५ प्रतिशतबाट १० प्रतिशतमा झार्ने सहमति भएको हो ।

प्रतिक्रिया दिनुहोस्