Logo
Logo

नेपाल चेम्बर अफ कमर्सले सरकारलाई दियो १०१ बुँदे सुझाव


378
Shares

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणका लागि सरकारलाई १०१ बुँदे सुझाव दिएको । सोमबार सिंहदरबारमा आयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सुझाव हस्तान्तरण गरेका हुन् । 

सुझावमा कृषि, पर्यटन, ऊर्जा, रोजगारी सिर्जना, औद्योगिक लगानी र उत्पादन वृद्धिलाई प्राथमिकतामा राखेर बजेट बनाउनुपर्ने जोड दिइएको छ । अध्यक्ष अग्रवालले समृद्धिका आधारस्तम्भका रूपमा कृषि, पर्यटन र ऊर्जा क्षेत्रको विकास, रोजगारी सिर्जना र व्यावसायिक वातावरण निर्माणलाई प्राथमिकता दिनुपर्ने बताए । ‘नीतिगत स्थायित्व, यथार्थपरक राजस्व परिचालन र प्रतिबद्ध वैदेशिक सहायताको आधारमा बजेट बनाउनुपर्छ,’ उनले भने । समयमै पुँजीगत खर्च सुनिश्चित गर्न समयवद्ध कार्ययोजना र त्रैमासिक समीक्षाको व्यवस्था गर्नुपर्ने उनको सुझाव छ ।

चेम्बरले स्थानीय स्रोतमा आधारित खनिज, रत्न, जडीबुटी र वनजन्य उद्योगलाई प्रोत्साहन गरी निर्यात वृद्धि गर्नुपर्ने माग राखेको छ । राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण विभागलाई अर्थ मन्त्रालयअन्तर्गत ल्याएर भन्सार र आन्तरिक राजस्वसँग समन्वय गर्नुपर्ने सुझाव दिइएको छ । वैदेशिक रोजगारीबाट फर्किएकाहरूको सीप उपयोग गरी स्वदेशी लगानी प्रवर्द्धन गर्नुपर्नेमा जोड दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्