Logo
Logo

पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ


315
Shares

काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभन देखाई पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले ३३ वर्षीया दिपा कुमारी पोख्रेललाई पक्राउ गरेको छ ।

 महोत्तरीको बर्दिबास नगरपालिका-५ घर भई हाल गोकर्णेश्वर नगरपालिका-५ बस्दै आएकी दिपाले एक पीडितबाट २ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरी परेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई गोकर्णेश्वरबाट पक्राउ गरेको हो ।

पक्राउ परेकी दिपालाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्