काठमाडौं । मौसम महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव छ । यसका कारण सोमबार साँझ कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

साथै, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई तथा पहाडी क्षेत्रमा अधिकतम तापक्रम बढेको छ । महाशाखाले सोमबार साँझ ६ बजे जारी गरेको चेतावनीमा मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई र पहाडी भू-भागमा तापक्रम वृद्धिको सम्भावना छ ।
कोसी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थान र अन्य पहाडी भू-भागमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईमा हावाहुरीको जोखिम रहेको छ ।
आज राति कोसी प्रदेशसहित पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा सम्भावना रहेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।