Logo
Logo

सुन्धारामा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई जना घाइते


882
Shares

काठमाडौं । काठमाडौंको सुन्धारामा दुई वटा मोटरसाइकल आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

आज (सोमबार) को दुर्घटनामा तनहुँको आँबुखैरेनी नगरपालिका ५ का ६४ वर्षीय सन्तोषकुमार गुरुङको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

काठमाडौँ महानगरपालिका २२ काठमाडौँ मल अगाडि सडकमा बा ३४ प ४३२० नम्बरको मोटरसाइकल र रा ७ प ८७९५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।

बा ३४ प ४३२० नम्बरको मोटरसाइकल चालक गुरुङ ललितपुर इमाडोल बस्दै आएका थिए। दुर्घटनामा घाइते भएका सोही मोटरसाइकलमा सवार १ जना र रा ७ प ८७९५ नम्बरको मोटरसाइकल चालकको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्