Logo
Logo

पूर्वी नवलपरासीमा पुल भासिँदा पूर्वपश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्ध


2k
Shares

काठमाडौं । पूर्वी नवलपरासीको चोरमारास्थित गिरिबारी पुल भासिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

प्रहरीका अनुसार अहिले दुवैतर्फका सवारी साधन रोकिएका छन् । एउटा ट्रकले पुल पार गर्ने क्रममा भासिएको थियो ।
पूर्वी नवलपरासीका प्रहरी निरीक्षक सुदीप भण्डारीले पुल भासिएपछि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको जनाए ।

उनले भने, ‘पुल थोरै लच्किएको छ । सडक डिभिजनलाई पनि खबर गरिएको छ ।’ उनले स्थलगत अनुगमन भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्