Logo
Logo

बाढीले डाइभर्सन बगाएपछि बिपी राजमार्ग ठप्प


1.6k
Shares

सिन्धुली । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा रहेको रोशी खोलाको बाढीले बिपी राजमार्गको डाइभर्सन बगाएपछि आवतजावत ठप्प भएको छ ।

सोमबार दिउँसो १ बजेदेखि ५ बजेसम्म परेको अविरल वर्षापछि रोशीमा आएको लेदोसहितको बाढीले रोशी गाउँपालिका–१२ मा रहेको डाइभर्सन बगाएको काभ्रे प्रहरी प्रमुख एसपी कोमल शाहले जानकारी दिए ।

उनका अनुसार नदीको बहाव अहिले घटेको छ । तर रात परेकाले अस्थायी बाटो बनाउन सक्ने अवस्था नभएपछि सिन्धुलीतर्फबाट काठमाडौंतर्फ जाने र धुलिखेलतर्फबाट आउने सवारी साधन रोकिएका छन् । त्यस क्षेत्रमा सोमबार ६ घन्टामा ४३.२ मिलिमिटर पानी परेको थियो ।

पनौती क्षेत्रमा धेरै क्षति भएको छ । सडक, पुल र बालीनालीमा पनि क्षति पु¥याएको छ । नमोबुद्ध–६ मा पनि खरिबोटमा पनि डाइभर्सन बगाएको छ । सिपाली–महाभारत जाने डाइभर्सन पनि बगाएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्