Logo
Logo

संसदमा आजदेखि बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदै


693
Shares

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक अपराह्न १ः १५ मा बस्ने भएको हो ।

संघीय संसद् सचिवालयका अनुसार बैठकमा ‘आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक)का सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची तय भएको छ ।

सरकारले विनियोजन विधेयक र प्राथमिकतामाथि छलफलका क्रममा प्राप्त सुझाव, विचारलाई आधारका रूपमा लिई आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्नेछ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यही वैशाख २८ गते विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । त्यही दिन सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्