Logo
Logo

रोकिएको आईपीएल शनिबारबाट पुनः सुरु हुँदै


378
Shares

काठमाडौं । भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित इन्डियन प्रिमियर लिग (आईपीएल) आगामी शनिबार (मे १७) देखि पुनः सुरु हुने भएको छ ।

विश्वको सबैभन्दा ठूलो फ्रेन्चाइज लिग शुक्रबार एक हप्ताको लागि रोकिएको थियो । तर गत शनिबार युद्धविरामको मध्यस्थता पछि पुनः सुरु हुने भएको हो । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीआईसीसी)ले सूचना जारी गर्दै बाँकी खेल आगामी शनिबारदेखि पुनः सञ्चालन हुने जानकारी दिएको हो ।

साथै, बिहीबार रद्द गरिएको पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल पनि हुने छ । क्वालिफायर मे २९ र इलिमिनेटर ३० मा हुनेछ । त्यस्तै, क्वालिफायर जुन १ मा हुनेछ भने फाइनल खेल जुन ३ मा हुन बीआईसीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्