Logo
Logo

भारतका यी विमानस्थलबाट उडान अझै रद्द


315
Shares

एजेन्सी । एयर इन्डियाले आफ्ना केही उडानहरू रद्द गरेको जनाएको छ । भारत र पाकिस्तानबीच युद्धविराम भएपनि एयर इन्डियाले एडभाइजरी जारी गर्दै सीमावर्ती क्षेत्रका केही विमानस्थलबाट आफ्ना उडानहरू रद्द गरिएको जानकारी दिएको हो ।

‘छिल्लो घटनाक्रम र यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै, १३ मे, मंगलबार जम्मू, लेह, जोधपुर, अमृतसर, भुज, जामनगर, चण्डीगढ र राजकोटबाट हुने उडानहरू रद्द गरिएको छ,’ उसले भनेको छ ।

अर्को एयरलाइन्स इन्डिगोले पनि मंगलबार जम्मू, अमृतसर, चण्डीगढ, लेह, श्रीनगर र राजकोटबाट उडानहरू रद्द गरेको जानकारी दिएको छ । एडवाइजरीमा यात्रुहरूलाई थप जानकारीका लागि एयरलाइन्सको वेबसाइटमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

भारत र पाकिस्तानबीच चार दिनसम्मको सैन्य आक्रमणपछि तत्कााल युद्धविराम सम्झौता भएको छ । गत महिना कश्मीरको पहलगाममा आतंककारी हमलामा परि एक नेपालीसहित २६ पर्यटकले ज्यान गुमाएका थिए ।

जसको जिम्मा भारतले पाकिस्तानलाई लगाउँदै आएको थियो । सोही आक्रमणको बदलामा भारतले केहि दिनअघि पाकिस्तानका विभिन्न स्थानमा हवाई आक्रमण गरेपछि भारत पाकिस्तान युद्धको चरणमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्