Logo
Logo

सुनको मूल्य घट्दा चाँदी बढ्यो, कतिमा हुँदैछ कारोबार ?


567
Shares

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार)पनि सुनको मूल्य घटेको छ । गएको शुक्रबारदेखि लगातार घट्दै आएको सुन आज प्रतितोला दुई हजार रुपैयाँले घटेको हो ।

यसअघि हिजो (सोमबार) एकलाख ८६ हजार आठसय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एकलाख ८४ हजार आठसय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला एक हजार नौ सय ७० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्