Logo
Logo

भारतमा संक्रमितको संख्या १४ लाख ३५ हजारभन्दा बढी, एकैदिनमा ५० हजार संक्रमित


- दृष्टि न्युज/संवाददाता


नयाँदिल्ली, १२ साउन (एजेन्सी) । लकडाउन खुकुलो पारिएसँगै भारतमा दैनिक कोरोनाभाइरसबाट संक्रमितको संख्या अत्याधिक बुद्धि भइरहेको छ । केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४९ हजार ९३१ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।
भारतमा अहिलेसम्म कोरोनाबाट संक्रमित भएकाको कुल संख्या १४ लाख ३५ हजार ४५३ पुगेको छ । तीमध्ये चार लाख ८५ हजार ११४ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् भने नौ लाख १७ हजार ५६८ जना संक्रणमुक्त भइसकेका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट संक्रमित भएर ७०८ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या ३२ हजार ७७१ पुगेको अधिकारीले जनाएका छन् । प्रदेशअनुसार हेर्दा सवैभन्दा धेरै महाराष्ट्र राज्यमा तीन लाख ७५ हजार ७९९ सङ्क्रमित भएका छन् । त्यसैगरी तमिलनाडुमा दुई लाख १३ हजार ७२३ जना र दिल्ली राज्यमा एक लाख ३० हजार ६०६ जना सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्