Logo
Logo

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नाफा उल्लेख्य बढ्यो


0
Shares

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सो अवधिमा ४६ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीले ३४ करोड २ लाख रुपैयाँ नाफा कमाएको थियो । गत आवको सोही अवधिमा कम्पनीले ३६.८८ प्रतिशतले बढी नाफा कमाएको हो ।

चालु आर्थिक वर्षको चैतसम्म कम्पनीको सेयर प्रिमियममा १ अर्ब ७५ करोड १६ लाख रुपैयाँ, महाविपत्ति कोषमा २० करोड ७९ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब ११ करोड ८८ लाख रुपैयाँ र अन्य इक्विटीमा ७ करोड ५३ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको जीवन बीमा कोषमा १२ अर्ब ४३ करोड ९६ लाख रुपैयाँ रहेको छ भने कम्पनीको कुल बीमाशुल्क ३ अर्ब ६९ करोड १२ लाख रुपैयाँ रहेको छ । कम्पनीको सेयर पुँजी  ४ अर्ब ६४ करोड रुपैयाँ, प्रतिसेयर आम्दानी (ईपीएस) १३.३८ रुपैयाँ, पीई रेसियो ३९.८८ र प्रतिसेयर नेटवर्थ १६७.९७ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्